नियम
उद्योग दर्ता प्रमाणपत्र दिनु पर्ने
(१) नियम ३ बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा उद्योग दर्ताका लागि आवश्यक पर्ने कागजात र विवरण पूरा भएको देखिएमा उद्योग दर्ता गर्ने निकायले त्यस्तो उच्चोग दर्ता गरी सम्बन्धित निवेदकलाई अनुसूची-३ बमोजिमको ढाँचामा उच्योग दर्ताको प्रमाणपत्र दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम दिइने उच्योग दर्ताको प्रमाणपत्रमा ऐनको दफा ५ को उपदफा (२) मा उल्लिखित विवरणका अतिरिक्त अनुसूची-४ बमोजिम उद्योग सञ्चालन वा व्यावसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्नु पर्ने अवधि समेत उल्लेख गर्नु पर्नेछ।